काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख ३१ का लागि घोषणा गरिएको स्थानीय निकायको निर्वाचन स्थगित गर्न माग गरेका छन् ।
सरकारले संसदमा दर्ता गरको संविधान संशोधन विधेयक पास नगरी स्थानीय चुनाव घोषणा गरेको भन्दै नयाँ शक्ति र फोरमले यसले देशमा अनिश्चितता र अस्थिरताको अवस्था सिर्जना भएको बताएका छन् ।
विभिन्न ६ बुँदे मागमा उनीहरुले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्ने, संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन पहिले गर्नुपर्ने लगायत उल्लेख गरेका छन् ।
‘स्थानीय तह प्रदेश मातहत रहनुपर्छ र, यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नुपर्छ ।
राजनीतिक दलहरुको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ ।