भेटिए पृथ्वीजस्तै ७ ग्रह, जीवन सम्भव रहेकाे अनुमान, यस्ता छन् विशेषता

भेटिए पृथ्वीजस्तै ७ ग्रह, जीवन सम्भव रहेकाे अनुमान, यस्ता छन् विशेषता

एजेन्सी । अमेरिकी स्पेस एजेन्सीका वैज्ञानिकले एक तारालाई परिक्रमा गरिरहेका ७ ग्रह पत्ता लगाएका छन् । यो आफैंमा एक रेकर्ड हो ।

वैज्ञानिकका अनुसार यी सबै ग्रहको सतहमा यिनीहरुको विशेषताका आधारमा पानी हुनसक्ने अनुमान गरिएको छ । पत्ता लागेका ७ मध्ये तीन ग्रहमा जीवनको सम्भावना रहेको अर्थात बस्न लायक रहेको वैज्ञानिकको विश्वास छ ।

यी ७ वटा ग्रह ट्र्यापिस्ट–१ नामको तारालाई परिक्रमा गरिरहेका छन् । आकारले साना र चिसा यी ग्रह पृथ्वीबाट करिब ४० प्रकाशवर्ष टाढा रहेका छन् ।

नेचर पत्रिकामा नासा स्पलिट्जर स्पेस दूरबिन र सतहबाट जोडिएका प्रयोगशालाको मद्दतबाट यी ग्रह खोजिएको उल्लेख छ ।

बेल्जियम युनिभरसिटी अफ लेजका चर्चित लेखक माइकल गिलन भन्छन्, ‘यी सबै ग्रह एक अर्कासँग नजिक रहेका छन् । साथै यी सातवटै ग्रह आफ्नो ताराबाट पनि नजिक रहेका छन् । यिनीहरुको अवस्था वृहस्पतिका नजिक रहेका उपग्रहसँग धेरै हदसम्म मिल्छ ।’

माइकलका अनुसार, ‘यी ग्रहहरु यति चिसा र आकारमा यति साना मानिएको छ कि सातै ग्रहको तापमान समशीतोष्ण छ । यसको अर्थ त्यहाँ जमेको अवस्थामा पानीको मात्र हुनसक्छ र त्यहाँ जीवन सम्भव हुनसक्छ ।’

ट्रैपिस्ट–१ का तीन ग्रह परिभाषाअनुसार पारम्परिक आवासिय क्षेत्र हो ।

यहाँको सतहमा पर्याप्त वायुमण्डलीय दबाबका कारण पानी हुनसक्छ ।

यो नयाँ अनुसन्धानबाट वैज्ञानिकहरु पृथ्वीजस्तै ग्रह पत्ता लागेकोमा मात्रै नभई सहज रुपमा पत्ता लागेकोमा पनि खुसी छन् ।

किनकी ट्रैपिस्ट–१ धेरै सानो र धमिलो तारा हो । यसको मतलब यो हो कि दूरबिनबाट ग्रहको अध्ययन गर्नमा त्यति कठिन भएन जति यो भन्दा बढी चम्किला ताराको अध्ययनको समयमा हुन्छ ।

यसबाट धेरै टाढा रहेको यो संसार र यसको वायुमण्डलको बारेमा अनुसन्धान गर्ने नयाँ अवसर पनि प्राप्त भएको छ । शोधका अर्को चरण सुरु भइसकेको छ ।

यसमा वैज्ञानिकहरुले अक्सिजन र मिथेन ग्याँस जस्ता महत्वपूर्ण ग्याँसको खोजी गरिरहेका छन् । यसबाट ग्रहको सतहमा भइरहेको हलचल र परिवर्तनको बारेमा संकेत मिल्न सक्छ ।