काठमाडौं । चीनमा एकै परिवारका ५ सय भन्दा बढीले सामूहिक फोटो खिचाएका छन् ।
रेन परिवारका ती सदस्यहरुले चीनको पूर्वी चेचियाङ प्रान्तको शिशे गाउँमा पुनर्मिलन गरेर सामूहिक तस्वीर खिचाएका हुन् ।
चिनियाँ नयाँवर्षको अवसरमा यो सामूहिक जमघट सम्भव भएको बताइएको छ । उनीहरु पेइचिङ, सांघाई, शिन्जियाङ र ताइवानबाट फोटो खिचाउने कार्यक्रमका लागि शिशे गाउँ आइपुगेका थिए ।
फोटोग्राफर चाङ लियाङचोङले उनीहरुको तस्बिर ड्रोनबाट लिएका थिए । यो रेन परिवार ८ सय ५१ वर्ष पुरानो भएपनि यिनीहरुका शाखा सन्तानको ८ दशकयता अपडेट नभएको जनाएका छन् ।
चीनको एकै परिवार पछिल्लो समयमा विभिन्न स्थानमा छरिएर रहेको छ ।