काठमाडौं । नेपाल नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय समितिद्धारा स्ववियू निर्वाचन–२०७३ को लागि सार्वजनिक रुपमा प्रतिबद्धता जारी गरेको छ । प्रतिबद्धताको पूर्णपाठ यस्तो रहेको छ ः
आदरणीय विद्यार्थी साथीहरु,
हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) त्याग, बलिदान र समर्पणको अद्धितिय कीर्तिमान कायम गर्दै राष्ट्रियता, सहज जनजीविका र शैक्षिक रुपान्तरणको नेतृत्व गर्ने क्रान्तिकारी विद्यार्थी आन्दालनको मूल प्रवाह हो । हाम्रो यो संगठन दश वर्षे महान् जनयुद्ध, जनआन्दोलन, राष्ट्रियता र जनजीविका लगायतका सबै खाले न्यायपूर्ण आन्दोलनहरुमा सरिक हुदै जनवादी शिक्षा प्राप्तिको शैक्षिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनको उतराधिकारी संगठन हो ।
माओवादी पार्टीको टुटफुट, विभाजन र विचलनसँगै क्रान्तिकारी विद्यार्थी संगठनमा पैदा भएको फुट, विभाजन र विचलनका श्रृंखलाहरु पार गर्दै हाम्रो संगठन अखिल (क्रान्तिकारी) आज यहाँसम्म आइपुगेको छ । नवसंशोधनवाद, दक्षिणपन्थी आत्मसमर्पणवाद र अवसरवादका भिषण हुण्डरीहरुको विरुद्ध सतिसाल सरह दृढताका साथ उभिदै क्रान्तिकारी विचार, सिद्धान्त र वर्गसंघर्षको लालझण्डाको रक्षा गर्दै हामी अघि निरन्तर बढीरहेका छौं । यो संगठन मन्त्रीको पीए, पैसा र पजेरोको कुनै प्रलोभनमा नफस्ने, उत्पीडित वर्ग तथा समुदायको विद्यार्थीहरुको हकहितको निम्ति संघर्ष गर्ने र मालेमावादको सैद्धान्तिक विचारमा प्रतिवद्ध रहदै जनवादी शिक्षा प्राप्तिको दीर्घकालिन मूल उद्देश्यमा दृढ संकल्पित छ । सिमा अतिक्रमण र राष्ट्रियताको रक्षाको निम्ति यो संगठनले देशव्यापी जागरण अभियान सञ्चालन गर्दै लिपुलेकसम्म पुग्ने र संयुक्त राष्ट्र संघ मार्फत अन्तर्राष्ट्रियकरण गर्ने कार्य पुरा गरेको छ । राष्ट्रियताको पहरेदारको जिम्मेवारी पुरा गर्न हामी प्रतिवद्ध छौं ।
स्वतन्त्र विद्यार्थी युनियन आम विद्यार्थीहरुको साझा संस्था हो । त्रिभुवन विश्वविद्यालयले यही फाल्गुन १८ गते स्ववियुको निर्वाचन गर्ने निश्चित गरेको छ । विगत ८ वर्षदेखि थाती रहदै आएको स्ववियु निर्वाचन हुन गइरकेको कुराले आम विद्यार्थीहरुलाई हर्षित बनाएको छ र हाम्रो संगठन अखिल (क्रान्तिकारी) पनि उक्त स्ववियु निर्वाचनमा सहभागी हुने प्रतिवद्धता जनाउदै अघि बढेको छ । हाम्रो संगठनले उठाउदै आएको समावेशी, निष्पक्ष र भ्रष्टाचारमुक्त स्ववियु, २८ वर्षे उमेर हदबन्दी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लगाएतका स्ववियु सम्बन्धी मुद्धाहरु आज स्थापित र लागु हुने चरणमा रहेकोे कुरा सर्वविदितै छ ।
“सर्वसुलभ, रोजगारमूलक र वैज्ञानिक शिक्षा हाम्रो प्रतिवद्धता ! निष्पक्ष र भ्रष्टाचारमुक्त स्ववियु आजको आवश्यकता !!”, “राष्ट्रियताको किरण छरौं ! अखिल (क्रान्तिकारी) लाई मतदान गरौं !!” भन्ने मुल नाराहरुको साथ एकमुष्ठ र फर्जी विद्यार्थी भर्ना एवं तीन संगठनको सिन्डीकेट खारेज गर्दै सबै विद्यार्थी संगठनहरुको सहमति र सहभागितामा स्ववियु निर्वाचनमा जान हाम्रो संगठन प्रतिवद्ध रहेको छ ।
देशको राजनीतिक, आर्थिक अवस्थासगै शैक्षिक अवस्था झन् भयावह बन्दै गएको छ । शिक्षामा नीजिकरण र व्यापारिकरणले सिमा नाघेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा भ्रष्ट, दलाल र माफियाहरुको चंगुलमा परेको छ । सार्वजनिक विद्यालय र महाविद्यालयहरु विघटनको दिशामा पु¥याइदैछ । हाम्रो संगठन राष्ट्रियता, जनतन्त्र, जनजीविकाका साथै शैक्षिक क्षेत्रमा देखा परेका विकृति, विसंगति र अराजकताका विरुद्ध निरन्तर लड्दै आएको छ । हामी शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषय निःशूल्क र समान हुनुपर्छ भनिरहेका छौं । विद्यालय तहको शिक्षालाई आधारभूत शिक्षाभित्र राखेर अनिवार्य, निःशूल्क र समान बनाउने, उच्च शिक्षालाई अनुसन्धनात्मक तथा देश विकास र जनताको सेवामा लगाउने अभियानमा छौं । विद्यार्थीहरुको विदेश पलायनता तथा शिक्षा क्षेत्रलाई भ्रष्टाचार र राजनीतिक भागबण्डाबाट मुक्त बनाउने अठोट हामीले गरेका छौं । क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई टुट, फुट र विभाजनबाट बचाउने, प्रतिपक्षिय आन्दोलनबाट विचलित हुन नदिने, राजनीतिक आन्दोलनमा सडक बाघ र शैक्षिक आन्दोलनमा नेता संगठनको विरासत जोगाउने क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो संगठनलाई स्ववियु निर्वाचनमा अत्याधिक मतले विजय गराउन सम्पूर्ण विद्यार्थी वर्गमा हार्दिक अनुरोध गर्दछौं ।
अखिल (क्रान्तिकारी) “मोहन बैद्य” लाई नै किन मतदान गर्ने ?
- स्ववियु निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी कायम गराउदै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागु गराउन ।
- स्ववियुलाई निष्पक्ष र समावेशी बनाउदै तीन संगठनको सिन्डीकेट र भ्रष्टाचारमुक्त गराउन ।
- त्रिविविमा वैज्ञानिक र अनुसन्धानमूलक शिक्षा पद्धती लागु गराउदै विखण्डन, विघटन र नीजिकरणबाट रोक्न, विश्वविद्यालय शिक्षालाई सबै जनताको पहुँचमा पु¥याउन ।
- सेमेष्टर प्रणालीको निम्ति आधुनिक उपकरण र भौतिक भूर्वाधारयुक्त, नयाँ पाठ्यक्रम निर्माण र दक्ष प्राध्यापकको व्यवस्था गराउन ।
- नेपाल संस्कृत विश्वविद्यालयलाई बहुभाषिक विश्वविद्यालय बनाउन ।
- सामुदायिक विद्यालयको स्तरोन्नती गराउन ।
- समान, अनिवार्य र निःशूल्क विद्यालय शिक्षा तथा सर्बसुलभ विश्वविद्यालय शिक्षाको संघर्षलाई निर्णायक बनाउन
- शिक्षा क्षेत्रमा भएका नीजिकरण, व्यापारिकरण र विदेशीकरण रोक्न ।
- उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुका लागि एबचत त्ष्mभ व्यद को मुद्धा उठाउन ।
- डेरावाला विद्यार्थीको हकमा खाना पकाउने इन्धन, स्वास्थ्य सेवा र यातायातमा ५० प्रतिशत छुट गराउन ।
- राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र जनतन्त्रको रक्षा गर्न ।
- देशमा व्याप्त भ्रष्टाचार, दलालीकरण र अराजकता रोक्न ।
- महान् सहिद, वेपत्ता र घाइते योद्धाहरुको सपना साकार पार्न, क्रान्तिकारी विद्यार्थी आन्दोलनको विरासत कायमै राख्दै जनवादी शिक्षा प्राप्तिको आन्दोलनलाई जारी राख्न ।
- मालेमावादको शैद्धान्तिक मार्गदर्शनमा अडिक रहदै नयाँ जनवादी क्रान्ति र वर्गसंघर्षको कार्यभार पुरा गर्न
- नाराहरुः
- सर्वसुलभ, रोजगारमूलक र वैज्ञानिक शिक्षा हाम्रो प्रतिवद्धता
निष्पक्ष र भ्रष्टाचारमुक्त स्ववियु आजको आवश्यकता । - राष्ट्रियताको किरण छरौं
अखिल (क्रान्तिकारी) लाई मतदान गरौं । - शिक्षामा व्यापारिकरण, विदेशीकरण र माफियाकरणको भण्डाफोर गरौं
रोजगारमूलक, वैज्ञानिक एवं जनवादी शिक्षा प्राप्तिको लागि संघर्ष गरौं । - शिक्षित र योग्य व्यक्तिका लागि स्वदेशमा नै योगदान गर्ने अवसर
उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि पार्ट टाइम रोजगार . - सिमा अतिक्रमण र विदेशी हस्तक्षेप बन्द गर
अखिल (क्रान्तिकारी) राष्ट्रियताको पहरेदार । - एकमुष्ट र फर्जी विद्यार्थी भर्ना खारेज गर
तीन दलिय संगठनको सिन्डीकेट खारेज गर - संसदवादी संगठनहरुलाई गतिलो चोट
प्रतिपक्षीय संगठन अखिल (क्रान्तिकारी)लाई भोट । - बागबजार, काठमाडौं, फोन नं. ०१–४१६७५८३ E-mail: annisu_revolutionary@yahoo.com