देजमो सुर्खेतको संयोजकमा नहकुल सन्ज्याल

देजमो सुर्खेतको संयोजकमा नहकुल सन्ज्याल

सुर्खेत । हालै भएको एक भेलाले नहकुल सन्ज्याललाई देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सुर्खेतको जिल्ला संयोजकको रुपमा चुनेको छ ।

सो मोर्चाको जिल्ला सचिवमा श्याम कार्की चुनिएका छन् भने सदस्यहरुमा रत्न नेपाली, गणेश शाही, हिक्मत बयक, नविन शर्मा, रबिन नेपाली, गणेश सुवेदी, टंक ब. थापा, श्याम नाम्जाली, शान्ता भुसाल, सुर्य थापा, रेजिना सन्ज्याल रहेका छन् ।

भेलाले मोर्चाको जिल्ला सल्लाकारमा भक्त बहादुर सुनारलाई चयन गरेको छ ।