बन्ने भयो अरुण तेस्रो

बन्ने भयो अरुण तेस्रो


काठमाडौँ । भारतको सतलज कम्पनीले नेपालमा निर्माण गर्न लागेको अरुण तेस्रो जलविद्युत ओयाजना अब बन्ने भएको छ । ९ सय मेगावाटको अरुण तेस्रोको लागि भारत सरकारले ९१ अर्ब बजेट स्वीकृत गरेको छ ।

भारतीय सरकारी कम्पनी सतलजलाई आयोजना निर्माणका लागि अनुमति दिँदै भारतीय सरकारले सो बजेट स्वीकृत गरेको हो ।

भारत निर्यात गर्ने गरी संखुवासभामा निर्माण हुने यो आयोजनाको बजेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भारतीय मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वीकृत गरेको हो ।

“अरुण तेस्रो आयोजना निर्माणका लागि भारतीय सरकारले ९१ अर्ब रुपैयाँ स्वीकृत गरेको छ,” कम्पनीका नेपाल प्रतिनिधि हरिराम सुवेदीले भने ।

८ बर्ष अघि विश्वव्यापी खुल्ला प्रतिष्पर्धाबाट अरुण तेस्रो आयोजनाको अनुमति पाएको सतलज र लगानी बोर्डबीच साढे दुई बर्ष अघि आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।