एजेन्सी । नेदरल्यान्डको संसदको तल्लो सदनले लागुपदार्थ भाङ खेती गर्नका लागि स्वीकृति दिएको छ ।
यो विधेयकमा केही सर्तसहित सजायमा छुट दिने व्यवस्था गरिएको छ ।
नेदरल्यान्डमा कफी पसलमा भाङ खरिदविक्री हुने गर्दछ । यद्यपि भाङ उत्पादन गर्नु र कफी पसलमा बेच्नु गैरकानुनी हो । कफी पसलले भाङ बेच्नका लागि आपराधिक गिरोहको सहारा लिने गर्दछन् ।
नेदरल्यान्डका मानिसहरु खुलेआम रुपमा चरेस सेवन गरिरहेको देख्न सकिन्छ । भाङ खेतीवाला विधेयकलाई डी६६ नाम नामको एक उदार विचारधाराको पार्टीले संसदमा पेश गरेको थियो ।
उसले लामो समयदेखि यो कानुनलाई स्वीकृति दिने माग गरिरहेको थियो । तल्लो सदनमा विधेयक केवल ५ भोटको अन्तरबाट पारित भएको हो ।
विधेयकको पक्षमा ७७ र विपक्षमा ७२ मत परेको थियो । अब यो विधेयक माथिल्लो सदनबाट समेत पारित भएमा कानुन बन्नेछ । यद्यपि संख्याका हिसाबले माथिल्लो सदनबाट पारित हुन कठिन हुने बताइएको छ ।
विधेयकको अनिश्चित भविष्यका बाबजुद विधेयक तल्लो सदबाट पारित हुनुलाई कफी पसलेहरुले सकारात्मक कदम भन्दै स्वागत गरेका छन् ।