काठमाडौं, फागुन ११ । शिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा चहलपहल बाक्लिए सँगै पशुपति क्षेत्रको श्रृंगारको काम अगाडी बढिरहेको छ । तर भुकम्पले क्षति पुगेका संरचनाहरु अझैपनि पुनःनिर्माण हुन सकेको छैन ।शुक्रबारको शिवरात्रिको लागि अहिलेसम्म सयौंको संख्यामा साधुसन्तहरु आइसकेका छन् । अझै आउने क्रम पनि जारी रहेको छ । यही पर्वको लागि हरेक वर्ष करिब ४ हजारको हाराहारीमा बिभिन्न प्रकारका साधुहरु नागा, दिगम्बर, लालमाहोरा, निर्वाणी लगायतका आउने गरेका छन् । ति साधुहरु भारत लगायत तेस्रो मुलुकहरुबाट आउने गर्छन् ।गुठी संस्थान तथा पशुपति क्षेत्र विकास कोषले वर्षेनी साधुहरुलाई दक्षिणा तथा अन्य प्रकारका सामग्रीहरु वितरण गर्दै आएको छ । तर साधुहरुले आफुहरुलाई दिने दक्षिणा कम भएको भन्दै हरेक वर्ष गुनासो गर्छन् । यसबारेमा आर्थिकन्यूज डटकमले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीसँग कुरा गर्दा घर परिवार त्यागेर हिड्ने साधु सन्तहरुले दक्षिणको आशा गर्नु उपयुक्त नभएको कुरा गरे ।उनले भने साधुहरुलाई कोष तथा गुठी संस्थानले खानपिनको व्यवस्था गरेको बताए । उनिहरुलाई यस अवधिमा परम्परागत खानेकुराहरु, दाल भात, रोटी, खिर, खिचडी दिइदै आएको कुरा उल्लेख गरे । साधुहरुको प्रकारको वर्गिकरण गरि संस्थान तथा कोषले दक्षिण दिदै आएको छ ।उप्रेतीका अनुसार कोषले मात्रै वार्षिक ६ देखि ७ लाख साधुहरुको दक्षिणको लागि खर्च गर्ने गरेको बताए । तयारीको लागि कोषले यस वर्ष ५० लाख खर्च हुने अनुमान गरेको छ । यसमा सरसफाई, बाटोघाटो निर्माण, श्रृगार, पूजा सामग्री, सुरक्षा लगायतका खर्चहरु पर्छन् ।