बाँकेमा क्रान्तिकारी माओवादीको अभियान तिव्र

बाँकेमा क्रान्तिकारी माओवादीको अभियान तिव्र

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) को तीन महिने संगठन विस्तार तथा सदृढिकरण अभियान बाँकेमा तिव्र गतिमा अघि बढेको छ ।

सोही अभियान अन्र्तगत बाँकेको उडरापुर गाविस २ पुरैनामा प्रारम्भिक पार्टी कमिटि गठन भएको छ । सो समितिको सचिवमा इरफान शेख चयन भएका छन् ।

यसैगरी अनेमसंघ (क्रान्तिकारी) जनतानगरको संयोजकमा नैनी परियार, सचिवमा सब्बीर कुरैसी, अनुमसंघ (क्रान्तिकारी) सीजककना टोल संयोजक स्मृति रसाईली, सल्यानी टोलमा हरिता बस्नेत र पार्टी सचिवमा दलबहादुर घर्तीमगर सर्वसहमतिले चयन भएका छन् ।