नायिका र गायिका राप्रपाको केन्द्रीय सदस्यमा विजयी, बुद्धिमानलाई बढी भोट

नायिका र गायिका राप्रपाको केन्द्रीय सदस्यमा विजयी, बुद्धिमानलाई बढी भोट

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको मतदानको परिणाम सार्वजनिक भएको छ ।

मतपरिणामअनुसार दुई नायिका र गायिका केन्द्रीय सदस्यमा विजयी भएका छन् । नायिका तथा गायिका कोमल ओली र रेखा थापा केही समयअघि राप्रपामा प्रवेश गरेर केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।

यद्यपि राप्रपाका चर्चित नेता बुद्धिमान तामाङले सर्वाधिक मत पाएर केन्द्रीय सदस्यमा जित हासिल गरेका छन् भने दोस्रो स्थानमा विक्रम पाण्डेले जित निकालेका छन् ।

रेडियो नेपालको जागिर समेत छाडेर राप्रपाको राजनीतिमा होमिएकी कोमल ओली तेस्रो हुँदै केन्द्रीय सदस्यमा विजयी भएकी हुन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा चर्चा कमाएका बाँकेका नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाका राजेन्द्र लिङदेनले पाँचौं स्थानमा जित हात पारेका छन् ।

यसैगरी महिला कोटाबाट उम्मेदवार बनेकी नायिका रेखा थापा पनि राप्रपाको केन्द्रीय सदस्य भएकी छन् ।

राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल थापा र अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा चयन्त चन्द पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।