एजेन्सी । जर्मन तानशाह नेता एडोल्फ हिटलरको टेलिफोन लिलाम भएको छ ।
अमेरिकामा भएको एक लिलामीमा एक व्यक्तिले यसमा २ लाख ५० हजार डलरको बोली लगाएका छन् ।
टेलिफोन खरिद गर्ने व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन ।
रातोरंगको यो टेलिफोनमा हिटलरको नाम, स्वस्तिक चिन्ह र थर्ड राईखको प्रतिक चील खोपिएको छ । सन् १९४५ मा दोस्रो विश्वयुद्ध अन्त्य भएपछि बर्लिनको एक बंकरमा यो टेलिफोन भेटिएको थियो ।
लिलामी गर्ने मेरिल्यान्ड राज्यले यसलाई अहिलेसम्मको सबैभन्दा विध्वंसक हतियार भनेको छ । जर्मनीले आत्मसमर्पण गरेपछि सोभियत सैनिकले यो टेलिफोन बेलायती ब्रिगेडियर राल्फ रेनरलाई निशानीको रुपमा दिएको थियो ।
अक्सन हाउसका अधिकारी बिल पेनागोपुलसले एपीलाई भने, ‘यो फोन जनसंहारको हतियार थियो । हिटलरले युद्धकाम क्रममा यसै फोनबाट आदेश दिएका थिए । जसबाट धेरै जनताको ज्यान गएको थियो ।’