काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन गर्न बैशाख ३१ गतेको मिति घोषणा गरेपछि विप्लव माओवादीले त्यसको विरोध गरेको छ ।
रोल्पाको थवाङमा पार्टीको महाधिवेशनमा रहेको विप्लव माओवादीले स्थानीय तहको निर्वाचन बहिस्कार गर्ने जनाएको छ ।
महाधिवेशनबाट पार्टीको नामको पछि माओवादी हटाएर नेपाल कम्युनिष्ट पार्टीमात्रै राख्ने निर्णय गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ ले जारी गरेको विज्ञप्तीमा चुनावको कुनै औचित्य नरहेको उल्लेख छ ।
उनले विज्ञप्तीमा प्रतिक्रियावादी राज्यसत्ताको पछाडि नलागी आफ्नै जनसत्ता चलाउने चेतावनी पनि दिएका छन ।
सो पार्टीले स्थानीय तहको चुनाव बहिस्कार मात्र नभई भाड्ने रणनीति अनुसार अगाडि बढ्ने नीति तय गरेको स्रोतको भनाई छ ।
चुनाव बहिस्कारका लागि गाविसस्तरमा चुनाव बहिस्कार टिम बनाएर परिचालन गर्ने योजना रहेको जनाइएको छ ।