काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ ।
यसअघि चार टेस्ट राष्ट्रसहित ८ राष्ट्रले सहभागिता जनाउने भनिएपनि नेपालसहित ३ देशले खेल्न नपाउने भएका हुन् ।
हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिएको र नेपाल पनि खेल्न नपाउने भएपछि एसीसी इमर्जिङ कपमा अब पाँच टोली मात्रै सहभागी हुनेछन् ।
एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपालको इमर्जिङ कप क्रिकेट खेल्ने सपना चकनाचुर भएको हो ।
प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीले सहभागिता जनाउनेछ ।
सुरुमा आठ देशको नाम आएपनि एकदिवशीय मान्यता नपाएकालाई खेलाउने वहस सँगसँगै सुरु भएको थियो । त्यसमा पनि नेपालमा क्रिकेट संघ निलम्बनमा रहेको र आवश्यक लविङ नपुग्दा यो अवसर गुमेको अधिकारीहरुको भनाई छ ।