काठमाडौं । व्यवस्थापिका संसदको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
मंगलबारको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने कार्यसूची थियो ।
दलहरुबीच सहमति नभएपछि संसदको बैठक स्थगित गरिएको बताइएको छ । अब सो बैठक बुधबार दिउँसो साढे २ बजे बस्ने छ ।
संविधान संशोधनका विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष एमालेबीच सहमति हुन सकेको छैन । सहमतिको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै संसद भवनभित्र सर्वदलीय बैठक आह्वान गरेका छन् ।