अर्घाखाँची । एनआईसी एसिया बैंक सन्धिखर्क शाखाले अाँखा अस्पताल अर्घाखाँचीलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामुदायिक कार्यक्रम अन्तर्गत मोतिया विन्दुको शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको हो । बैंकका शाखा प्रबन्धक कृष्ण पौडेलका अनुसार बैंकले ६० हजारको चेक नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीलाई हस्तान्तरण गरेको छ । आँखा शिविरमा १०१ जनाले मोतिया विन्दुको शल्यक्रिया गराएका छन् ।
आँखा उपचार केन्द्रका अध्यक्ष दलबहादुर केसीले आखा अस्पतालमा विभिन्न सेवा सुविधाको विस्तारको तयारीमा लागेको बताए । उनले सधै भर अप्रेसन सेवा सञ्चालनमा ल्याउन पहल भइरहेको बताए । ‘विभिन्न क्षेत्र र व्यक्तिको सहयोगले आखा अस्पतालाई सञ्चालनमा ल्याउन सकिएको हो’ उनले भने, ‘अस्पतलाई व्यवस्थित पार्न सहयोगको धेरै जरुरत छ ।’