यस्तो समुन्द्र जहाँ कोही डुब्दैन

यस्तो समुन्द्र जहाँ कोही डुब्दैन

पानीदेखि डराउने बानी हुन्छ कतिपयको । त्यसैले गहिरो पानीमा डुंगामा चढ्न पनि डराउँछन् कोही कोही त तर पृथ्वीमा एउटा यस्तो समुद्र छ जहाँ मानिस डुब्दैन र सजिलैसँग तैरिन सक्छ, पौडी नै नखेली नत लाइफ ज्याकेट नै लगाएर ।

जोर्डन र इजरायलको बिचमा पर्ने यो मृतसागर समुन्द्र संसारकै सबैभन्दा होँचो भाग पनि मानिन्छ, जहाँ हाम फाल्दा डुबिँदैन । मृतसागरको तटीय क्षेत्र पृथ्वीको सबैभन्दा होचो भुभाग हो । यो समुद्रलाई नुनीलो सागर पनि भनिन्छ । यो समुद्रको पानीमा नुनको मात्रा अत्यधिक छ । जसका कारण समुद्रमा कुनैपनि वनस्पती र जनावर पाइँदैन ।

मृतसागरको पानीमा नुनका साथै अन्य धेरै खाले लवणहरु पाइने भएकोले छालाका लागि लाभदायक हुन्छ । मृत सागरमा नुहाउनाले छालाका सबै रोग निको हुने मान्यता पनि रहेको छ । मृत सागरमा तैरिनका लागि वर्सेसन लाखौँ पर्यटक पुग्दछन् ।

मृतसागरको अधिकतम गहिराई ३७७ मिटर छ । मृत सागर औषत महासागर भन्दा झण्डै ७ गुणा बढी नुनिलो छ । मृत सागरको लम्बाई ६७ किलोमिटर र चौडाई १८ किलोमिटर छ ।