चिकित्साको चमत्कार : २४ घन्टामा २७ पटक हृदयघात हुँदा पनि जिवित

चिकित्साको चमत्कार : २४ घन्टामा २७ पटक हृदयघात हुँदा पनि जिवित

एजेन्सी । कुनै समय यस्तो चमत्कार हुन्छ कि जसलाई पत्याउन पनि कठिन पर्छ । यस्तै एक चमत्कार बेलायतमा भएको छ ।

जसबारेमा तपाईपनि चकित पर्नुहुनेछ । बेलायतका के रे वुडहाललाई २४ घन्टाको बिचमा २७ पटक हृदयघात भएको छ । तरपनि उनी जीवित रहन सफल भए । वुरस्टेरशायरमा ५४ वर्षीय वुडहाल ‘वाकिङ फुटबल खेलिरहेका थिए ।

बेलायतमा बढ्दो उमेरका मानिसहरुले विस्तारै गतिमा खेल्ने खेल हो ‘वाकिङ फुटबल’ । अचानक उनलाई हृदयघात भएर ढलेका थिए । उनका साथीहरुले नेशनल हेल्थ सर्भिसमा लगेका थिए ।

उनलाई वुरेस्टरशायर रोयल अस्पतालमा लगेका थिए । जहाँ डाक्टरहरुले उनको मुख्य दुई धमनीको परीक्षण गरेका थिए । तर वुडहाललाई अरु २६ पटक हृदयघात भएपछि थप समस्या भएको थियो ।

यो सबै घटनाकाबीच उनको जीवन बचाउन चिकित्सकहरु सफल भएका छन् । आफूलाई हृदयघातपछि अब नबाँच्ने निश्चित जस्तो लागिसकेपनि बाँच्न सफल भएको बताएका छन् ।

वुडहालको स्वास्थ्य उपचारका लागि विशेषज्ञसहितको ६ जनाको टोली परिचालित भएको थियो । उनलाई पूर्ण रुपमा निको हुनका लागि ६ महिना लाग्ने बताइएको छ ।

यो घटना २०१६ को डिसेम्बरमा भएको हो । वुरेस्टशायर रोयल अस्पतालका कार्डियोलोजी टिमले वुडहालको घटनामा हृदयघातको कठिन भन्दा कठिन विरामीलाई पनि निको बनाउन सक्ने प्रमाणित गरिदिएको छ ।