माछा मार्न गएका बालकको डुबेर मृत्यु

माछा मार्न गएका बालकको डुबेर मृत्यु

दुनै । डोल्पामा एक बालकको ठूलो भेरी नदीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा नर्क–३ निवासी ९ वर्षीय हिमाल शाही रहेको प्रहरीले जनाएको छ ।

शाहीको माछा मार्न गएको बेला भेरीमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । मृत शाहीको शव प्रहरी र स्थानीयवासीको सक्रियतामा पाँच घन्टापछि भेटिएको थियो ।