डडेल्धुरा । कुपोषण पीडित एक बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिना रहेकी छन् ।
पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा सोमबार राति १० बजे मृत्यु भएको हो । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो ।
डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो ।
चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहँुदा जान नसक्दा बालिकाको मृत्यु भएको हो ।