मंगल ग्रहमा पत्ता लाग्यो २ अरब वर्ष पुरानो ज्वालामुखी

मंगल ग्रहमा पत्ता लाग्यो २ अरब वर्ष पुरानो ज्वालामुखी

वैज्ञानिकहरुले रातो ग्रहको नामले परिचित मंगल ग्रहमा कम से कम दुई अरब वर्ष पुरानो ज्वालामुखीको पत्ता लगाएका छन् ।

यो जानकारी मंगल ग्रहको एक उल्कापिण्डको विश्लेषणबाट पत्ता लागेको हो । 

यो अनुसन्धानबाट सौर्यमण्डलमा सबै भन्दा लामो समयसम्म सक्रिय रहने केहि ज्वालामुखी यस ग्रहमा हुन सक्ने अनुमान गरिएको छ ।

शिल्ड ज्वालामुखी र यसबाट निस्कने लाभाबाट लामो दुरीसम्म लाभा मैदानको निर्माण हुन्छ । यो निर्माण पृथ्वीको हवाई द्वीपको संरचना जस्तै पाइएको छ ।

मंगल ग्रहको सबैभन्दा ठूलो ज्वालामुखी ‘ओलम्पस मून’ हो, जुन करिब २७.३ किलोमिटर अग्लो छ । यसको उचाई पृथ्वीको सबैभन्दा अग्लो ज्वालामुखी मौना भन्दा तीन गुणा ठूलो छ । मौनाको उचाई १० किलोमिटर अग्लो छ ।

अमेरिकाको ह्युस्टन विश्वविद्यालयका एक प्रोफेसर टाम लापेनले भने, ‘यो अध्ययनले ग्रहको विकासका नयाँ संकेत र मंगल ग्रहको ज्वालामुखीको गतिविधिको इतिहास पत्ता लागेको छ ।’