इरानमाथि यस्तो आरोप लगाउँदै मेरिकाले लगायो प्रतिबन्ध

इरानमाथि यस्तो आरोप लगाउँदै मेरिकाले लगायो प्रतिबन्ध

एजेन्सी । अमेरिकाले इरानमाथि हालै भएको मिसाईल परीक्षणपछि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी प्रशासनले इरानले चरमपन्थीलाई सहयोग गरेको आरोप लगाएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाईसरले यस कदमबाट ओबामा प्रशासनसँग भएको इरानको परमाणु सन्धी देशहितमा नभएको प्रष्ट भएको दाबी गर्दै ट्रम्पले इरानलाई उसको सीमाभित्र रहेको हेर्न चाहेको उल्लेख गरेका छन् ।

त्यसअघि नै ट्रम्पले ट्विट गर्दै इरानले आगोसँग खेलिरहेको र ओबामा प्रशासन इरानप्रति दयालु देखिएपनि आफू त्यस्तो नभएको उल्लेख गरेका थिए ।

अमेरिकी वित्त मन्त्रालयका प्रवक्ता जोन स्मिथले इरानका गतिविधिले उसको क्षेत्र र अमेरिकी सहयोगी र अमेरिकाका लागि समेत खतरा पैदा गरिरहेको दाबी गरेका छन् ।

ट्रम्पको ट्विटको इरानका विदेशमन्त्री जाभेद जरिफले ट्विटमा नै उत्तर दिएका छन् । उनले लेखेका छन्, ‘अमेरिकामाथिको खतराबाट इरानलाई कुनै फरक पर्दैन र हामी पहिले युद्धको सुरुवात कहिल्यै गर्दैनौं, तर हामी आफ्नो सुरक्षाका लागि बनाएका हतियारमाथि विश्वास गर्न सक्छौं ।’

‘हामी हेर्न चाहन्छौं कि जसले हामीमाथि औला उठाइरहेको छ, उसले पनि यही कुरा भन्न सकोस,’ उनले भनेका छन् ।

यसअघि इरानको संसदका सभामुख अली लाजीरानीले अन्तर्राष्ट्रिय कूटनीतिमा इरानका कोशिस अन्य ठूलो देशले देखाएको बचपन भन्दा धेरै परिपक्व भएको बताएका थिए ।

उता न्युयोर्क भ्रमणमा रहेका जर्मनकीका विदेशमन्त्री जिगमर गाब्रियलले इरानले क्षेप्यास्त्र परीक्षण गरेर सुरक्षा परिषदको प्रस्तावको उल्लंघन गरेको तर यसबाट परमाणु कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्झौतामा कुनै असर नपर्ने बताएका छन् ।