वीरगन्ज । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट एक नवजात शिशु जोचरी भएको छ ।
वीरगन्ज उप–महानगरपालिका वडा नम्बर–२ छपकैयाका मुकेश पासवानकी श्रीमती आशा पासवानले जन्माएको शिशु दिउँसो २ बजे अस्पातलको प्रसूतिवार्डबाटै चोरी भएको हो ।
बिहान १० बजेर ४० मिनेटमा बालकको जन्म भएकोमा प्रसुतिगृहको वार्डमा सो बालक खेलाउँदै बसेकी अन्दाजी ३५ वर्षकी अपरिचित महिलाले आफूहरुलाई छक्याएर शिशु लिएर गएको शिशुकी हजुरआमा रमाउतीदेवी पासवानले बताएकी छन् ।
अस्पतालका कर्मचारी तथा नर्सहरुकै मिलेमतोमा आफ्नो नाति चोरी भएको उनको आरोप छ ।
अस्पतालले भने बच्चा जन्मिएपछि आफन्तको जिम्मा लगाएको र उनीहरुकै लापरबाहीका कारण बच्चा चोरी भएको जनाएको छ । शिशु चोरिएपछि अस्पतालबाहिर प्रदर्शन समेत भएको थियो ।