परमाणु हतियार : अमेरिकाले दियो उत्तर कोरियालाई चेतावनी

परमाणु हतियार : अमेरिकाले दियो उत्तर कोरियालाई चेतावनी

काठमाडौं । उत्तर कोरियालाई अमेरिकाले कुनै पनि प्रकारको परमाणु हतियार प्रयोग नगर्न चेतावनी दिएको छ ।

दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री जेम्स म्याटिसले उत्तर कोरियाले हालसम्म गर्दै आएको परिमाणु परीक्षणलाई अवैध भएको टिप्पणी गरे । उनले उत्तर कोरियालाई परमाणु गतिविधि रोक्न आग्रह गरे ।

उनले ‘अमेरिका वा अमेरिकी साथीलाई गरिने कुनैपनि प्रकारको आक्रमण सैह्य नहुने र घुँडा टेकाइने’ भन्दै उत्तर कोरियाले त्यस्तो सपना देखेको भए पूर्णरुपमा कारबाही भोग्न तयार हुनुपर्ने पनि चेतावनी दिए ।

दक्षिण कोरियासँगको सम्बन्ध निरन्तर रहने भन्दै उनले अमेरिकी सहयोग पनि जारी रहने वाचा गरे । दक्षिण कोरियामा अमेरिकी मिसाइल रक्षा प्रणाली जडान गरिने पनि उनले बताए ।

दक्षिण कोरिया र जापानमा दोस्रो विश्वयुद्धपछि हालसम्म पनि अमेरिकी सेना निरन्तर खटाइएका छन् । २८ हजार पाँच सय अमेरिकी सैन्यका लागि कोरियाले ९ सय मिलियन डलर वर्षे्नि खर्च गरिरहेको छ ।