देश मुक्ति चाहन्छ, जनता स्वतन्त्रता चाहन्छ । तर, मुक्ति र स्वतन्त्रता भनेको त्यतिकै कसैले कसैलाई स्वेच्छाले दान–दातव्य दिनु र लिनु जस्तो होइन । मुक्ति र स्वतन्त्रता प्राप्त गर्न भीषण संघर्ष अर्थात् क्रान्तिको आवश्यकता पर्छ । क्रान्ति भनेको फेरि सितिमिति कसैले चाहना राख्दैमा क्रान्ति भइहाल्छ भन्ने कुरो होइन र कसैको सनकमा हुने र गर्ने कुरो पनि होइन । क्रान्ति गर्न र हुन क्रान्ति हाँक्न सच्चा क्रान्तिकारी पार्टी हुनु जरुरी छ ।
त्यसैगरी क्रान्तिकारी पार्टीभित्र पार्टी संचालन गर्दै क्रान्तिलाई हाँक्न सक्षम नेतृत्व चाहिन्छ । यस्तो नेतृत्वदायी व्यक्तित्व फेरि आकाशबाट खुसुक्क तल झरिआउने होइन र धर्तिबाट सुटुक्क पलाउने पनि होइन । हो त माक्र्सवादी–लेनिनवादी–माओवादी अडान र दृष्टिकोणसंगै व्यवहारिक रुपले संघर्षमा समेत खारिएर आएकाको नेतृत्वले मात्र सबल नेतृत्व गर्न र हुनसक्ने कुरामा दुईमत हुन सक्दैन । र, त्योसंग क्रान्तिको निमित्त देशको वस्तुस्थितिसंँग मिल्दोजुल्दो र आवश्यकता अनुरुपको क्रान्तिकारी रणनीति, कार्यनीति र तद अनुरुपको कार्यदिशा हुनु पनि जरुरी छ ।
सबल र सक्षम नेतृत्वदायी व्यक्तित्व बन्न र हुन उनमा हुनुपर्ने गुणमा दिमित्रोभले अघिसार्नु भएको अत्यन्त महत्वपूर्ण यी चारवटा सर्तहरु– “उद्देश्यपूर्ण समर्पण, जनसमूहसित अटुट सम्पर्क, स्वतन्त्र रुपले आफ्नो दायित्व वहन गर्ने क्षमता र अनुशासनको पालना”लाई बिना हिचकिचाहट आत्मसात गर्नु नितान्त जरुरी छ । यी चारवटा सर्त भनेको त्यो कुनै ज्वाहारातको गहना होइन र शरीरमा छर्कने अत्तर पनि होइन । हो त त्यो नेतृत्वलाई सदा तिखारिराख्ने वैचारिक साजबाज हो । खासमा भन्नुपर्दा यी चारवटा सर्तहरुलाई इमान्दारितापूर्ण ग्रहण गर्न नसक्ने कुनै पनि व्यक्ति नेतृत्वतहको लागि लायक हुन्न र त्यस्ता ध्वाँसेलाई नेता भनेर स्वीकारिरहन सक्ने कुरो पनि होइन ।
नेतृत्व कै कुरा गर्दा अध्यक्ष क. माओले भन्ने गर्नुहुन्थ्यो– “पार्टीका सबै व्यवहारिक कामहरुमा “जनसमूहबाट लिएर जनसमूहलाई नै दिने सही नेतृत्व हुनु जरुरी छ । यसको अर्थ के हो भने जनसमूहका विचारहरु ग्रहण गर्नु र तिनलाई एकीकृत गर्नु (अध्ययनद्वारा तिनलाई केन्दि«त र व्यवस्थित विचारमा फेर्नु), त्यसपछि जनसमूहको माझमा गएर जनसमूहले यी विचारलाई आफ्नै विचार ठानेर ग्रहण नगरुन्जेलसम्म यी विचारमा दरिलो गरी नलागुन्जेलसम्म र यिनलाई कार्यरुप नदिउन्जेलसम्म यिनको प्रचार गर्नु र जनसमूहलाई सम्झाइ–बुझाइ गर्नुपर्छ र यस्ता कार्बाहीहरुबाट यी विचारहरुको सत्यतालाई जाँच्नुपर्छ । त्यसपछि फेरि एकपटक जनसमूहबाट विचारहरु एकीकृत गर्नुपर्छ र तिनको सार खिच्नुपर्छ अनि फेरि एक पटक जनसमूहका माझ जानुपर्छ; जस्ले गर्दा ती विचारमा अडिग रहन र तिनलाई कार्यान्वयन गर्न सकियोस् ।”
यो भनाइ अनुरुपको गराइको मेलोमेसो क्रान्तिकारी कम्युनिष्टहरुको निमित्त उच्चकोटीको व्यवहारिक ज्ञानसम्बन्धी माक्र्सवादी सिद्धान्त हो । र, यसलाई तपाईं हामी सबैले अत्यन्त महत्वका साथ मनन् गर्नु जरुरी छ । पार्टीभित्र हामीमध्ये कतिपय कमरेडहरु पार्टीका क्रियाकलाप अर्थात् पार्टीको नीति निर्देशनमा संचालित संर्घषका अनुभवको सार खिच्नुपर्ने कुराको महत्व नबुझेर हो वा बुझेर पनि आवश्यक नठानेर हो, तर आपूmलाई बडो चलाख ठान्दै आफ्नै मनोगतवादी विचारहरुको डम्फु बजाउन मन पराँउछन् । त्यसैले गर्दा उनीहरुको विचारहरु हलुङ्गो, खोक्रा र अव्यवहारिक हुन जान्छन् । र उनीहरु ठान्छन् दुनियाँमा आपूmभन्दा जान्नेसुन्ने अरु कोही छैन र आफ्नो सोचाइ नै एक मात्र सही हो र आपूmले बोलिआएकै कुरा मात्र सत्य हो । त्यसैले उनीहरु जनसमूदायबाट आएको सकरात्मक टिकाटिप्पणी र आलोचना मात्र होइन, पार्टीभित्रका आफ्नै कामरेडहरुबाट दिइने सल्लाह, सुझाव र आलोचना सुनेर सुध्रिने त परको कुरो सुन्ने धैर्यतासम्म कायम राखेको देखिन्न र पाइन्न । त्यस्ता अधकल्चो व्यक्ति विशेषहरुको सोच र आचरणले गर्दा सिंगो पार्टीलाई त अहित गर्छ नै त्यस्तो गलत सोच र आचरणले उनीहरु आपूmलाई पनि अहित बाहेक हित त कुनै हालतमा हुँदैन र गर्दैन ।
हाल पार्टीमा चलिआएको शुद्धीकरण अभियानले पक्रनु पर्ने विधि भनेको विगत कार्यको जाचँबुझ वा काडरहरुको विगतका कार्यकलापहरुको निरिक्षण सम्बन्धि हुनुपर्ने हो, प्रचार कार्य संगठनात्मक कार्य वा अरु कार्य कुनै होस्, उपल्लो तहको कुनै संगठन र यसका विभागहरुले तल्लो तहको सम्बन्धित संगठनको नेतासित बसेर सारा कुराको जाचँबुझ गर्नु पथ्र्यो, जस्ले गर्दा उसले जिम्मेवारी सम्हाल्न सकोस् । शुद्धीकरणको कार्यविधि यस्तो हुनु पथ्र्यो तर यसो भएको देखिएन भन्नुपर्ने बाध्यताले पछ्याउन थालेको महसुस हुन आएको छ । यस्तो महसुस हुन आउनुको कारण पहिलो कुरा नेतृत्वपङ्ति पहिले आपूm पद र प्रतिष्ठाको लालची हुनुबाट मुक्त भई माथि उठ्नु जरुरी थियो । दोश्रो कुरा नेतृत्वपङ्तिले आफ्नो मातहतमा रहेका काडरहरुलाई कम्युनिष्टहरुको निमित्त ठूलो कुरो पद र प्रतिष्ठा होइन, सिद्धान्तप्रति निष्ठावान भई पार्टीले सुम्पेको कार्यभारलाई इमान्दारितासाथ दत्तचित्त भई लागिरहनु पर्छ भन्ने कुरो सम्झाउन बुझाउनमा कमीकम्जोरी हुनपुगेको आभास आउनु, तेस्रो कुरा सम्बन्धित निकायका व्यक्ति विशेषहरुबाट, त्यसै निकायका कुनै व्यक्ति विशेषको गलत क्रियाकलाप र आचरणविरुद्ध आवाज उठ्नु र उठाउनुलाई उपल्लो तहका सम्बन्धित नेतृत्वतहबाट छानबिनको प्रक्रिया अपनाई वातावरण सङ्गलो पार्नु पथ्र्यो, त्यसो भएको नपाउनु जस्ता नेतृत्वपङ्तिबाट हुनगएको कमी कमजोरी तथा काडरहरुबाट पनि पार्टीभित्र क्रियाकलापमा उच्छृङखल र उडन्ते व्यवहार गर्नु जस्तो अशोभनीय कार्यलाई समय छँदैं सच्याई पार्टी अनुशासन कायम राख्दै काडरहरुमा देखिन थालेको निरास र अकर्मण्यतालाई हटाई पार्टीलाई सुदृढ पार्ने कुरातर्पm पनि ध्यान पु¥याउनु जरुरी छ ।
शुद्धीकरण आन्दोलन केबल शुद्धीकरण नाउँको निमित्त मात्र शुद्धीकरण आन्दोलन गर्ने होइन र गरिने होइन । यो शुद्धीकरण आन्दोलनले पार्टी संगठनलाई सुदृढ पार्दै नेतृत्वको विकास गर्नु छ । किन कि यो आन्दोलनसित पार्टीसँंग सम्बन्धित सबै संगठनलाई सुदृढ गर्नु सँगसँगै नेतृत्वको विकास गर्ने कुरा पनि त्यतिकै घनिष्ट रुपले जोडिएको छ । आन्दोलनको सिलसिलामा प्रत्येक एकाइमा केही सक्रिय व्यक्तित्वहरुको एउटा नेतृत्वदायी टोली गठन गर्नु जरुरी छ । र, यस नेतृत्वदायी टोलीमा पनि सम्बन्धित एकाइको प्रमुख राख्न जरुरी छ । अनि यस नेतृत्वदायी टोलीले आन्दोलनमा भागलिने पार्टीभित्रका र बाहिरका सबै सम्बन्धित पक्षसँग घनिष्ट सम्बन्ध राख्नुपर्छ । अन्यथा यो नेतृत्वदायी टोली जतिसुकै सक्रिय भएपनि यसले आफ्नो कार्यकलापलाई जनसमूहका कार्यकलापसित नगाँसुञ्जेलसम्म यसका कार्यकलापहरु मुट्ठीभर मानिसहरुका निस्फल प्रयास मात्र हुनेछ, लाई चरितार्थ हुने गरी पार्टीभित्रको गतिविधि सुस्ताउँदै गइरहेको हो कि भन्ने जस्तो आभास आउनु थालेकोमा नेतृत्वदायी टोली गम्भीर हुनु जरुरी छ । नेतृत्वदायी टोलीले विचार पु¥याउनुपर्ने अर्को कुरा जनसमूह मात्र सक्रिय छन् र तिनका कार्यकलापहरुलाई उचित ढङ्गले सङ्गठित गर्ने नेतृत्वदायी टोली नहुने हो भने यस्तो कार्यकलाप धेरै बेरसम्म टिक्न सक्दैन वा सही दिशातर्पm अघि बढ्न सक्दैन । यसको उदाहरण नेपालमा ०४६ चैत्र २४ गते भएको राजनैतिक घटनालाई लिन सकिन्छ ।
नेतृत्वदायी टोली गम्भीर भएर यस्तो साङ्गोपाङ्गोलाई जिम्मेवारीपूर्ण ढङ्गले मिलाउँदै सानो संख्याको रुपमा जनसमुदाय माझ रहेका सक्रिय तत्वहरुलाई नेतृत्वको वरिपरि एकतावद्ध गर्न नेताहरु सिपालु हुनैपर्छ, अनि यसैगरी बीचका तत्वहरुको स्तर उकास्ने र पिछडिएका तत्वहरुलाई आपूmतिर तान्ने काममा नेताहरु सक्रिय तत्वहरुमाथि भर पर्नैपर्छ । नेतृत्वदायी टोलीले बुझ्नुपर्ने कुरा यो पनि हो– धेरै ठाउँहरु र संगठनहरुमा पार्टीले तोकेको कामलाई अघि बढाउन नसक्नाको एउटा आधारभूत कारण हो– एकताबद्ध भएको, जनसमूहसित घनिष्ट सम्बन्ध जोडिएको र स्वस्थ तत्वहरुले सँधैं भरिपूर्ण भएको नेतृत्वदायी टोलीको अभाव हुनु हो । यस्तो अभाव हटाउन ठाउँ विशेषको वास्तविक परिस्थितिलाई ध्यानमा राखेर, यसो भनेर फेरि उही ‘महादेव र गणेश’ प्रवृत्ति अपनाएर होइन र त्यहाँका अत्यन्त सक्रिय, इमान्दार र जागरुक शिक्षकहरु, विद्यार्थीहरु, किसान र सर्वसाधारण जनसमूहलाई समेत समावेश गरेर संगठन बनाउन सकिन्छ । यसरी काडरहरुको खाँचो पूरा गर्न र सामुन्नेमा आइलागेका काम गर्नका निम्ति थुप्रै मानिसहरुलाई सक्रिय काडरमा फेर्न सघाउ पु¥याउँछ । वास्तवमा भन्नुपर्दा यो पनि नेतृत्वलाई जनसमूहसित गाँस्ने तरिका नै हो ।
हामीले के पनि बुझि राख्न जरुरी छ भने कुनै खास ठाँउमा एउटै समयमा अनेकौं काम हुन सक्दैन । यस्तो स्थितिमा कामको महत्व हेरी कामलाई श्रेणीवद्ध हुने गरी कामको चाँजोपाँजो मिलाउनु जरुरी हुन्छ । त्यसैले कुनै एक क्षेत्रमा कामको पूर्णरुपले जिम्मेवारी सम्हाल्ने व्यक्तिले विशेष महत्वकासाथ त्यस संघर्षको इतिहास र ठोस परिस्थितिमाथि ध्यान केन्दि«त गरेर कामहरुलाई उचित महत्वक्रम मिलाएर कार्य सम्पन्न गर्नेतिर लाग्नुपर्छ । साथसाथै माथिल्लो निकायबाट आउने कुनैपनि निर्देशनलाई आफ्नो तर्पmबाट कुनै योजना नै नबनाइकन जस्ताको तस्तै रुपमा लागू गरेर कामकुरालाई भद«गोल पार्नु हुँदैन । र, माथिल्लो तहबाट पनि कामको तुलनात्मक महत्व र आवश्यकताको किटान नगरी भद«गोल तालले तल्लो संगठनलाई भद«गोल हुनेगरी सबै काम एकै पटक सुम्पिनु हुँदैन । माथिल्लो तहले भद«गोल तालले आफ्नो मातहतका संगठनहरुलाई काम सुम्पिने ग¥यो भने त्यस्तो कामबाट ठोस नतिजा हासिल हुँदैन । ठोस कामको ठोस नतिजाको निमित्त ठोस रुपले नै कामको सिलसिला मिलाउनु अत्यावश्यक पर्छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी भनेको खास अर्थमा भन्नुपर्दा देशको आवश्यकता र जनताको चाहनालाई मूर्त रुपदिन माक्र्सवाद–लेनिनवाद–माओवादको अडान र दृष्टिकोण अनुरुप, माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तको धरातलबाट कतिपनि विचलित नभई आफ्नो लक्ष र उद्देश्यको निर्दिष्ट स्थानसम्म जुझारु ढङ्गले अगाडि बढ्ने क्रान्तिको नेतृत्व गर्ने अग्रदस्ता हो । यस अग्रदस्ताका क्रान्तिकारी कम्युनिष्टहरुले आफ्नो नेतृत्वदायी भूमिका अर्थात् देशमा चालु क्रान्ति (संघर्ष) जति–जति कठिन मोडबाट गुज्रनु परेको हुन्छ; क्रान्तिकारी कम्युनिष्टहरुले आफ्नो नेतृत्वलाई व्यापक जनसमूहका मागहरुसित घनिष्टरुपले गाँस्नुपर्ने कुराको खाँचो पनि त्यति नै बढेर जान्छ; जसबाट नेतृत्वमा लिसोभैंm टाँसेर आइरहेको मनोगतवादी र नोकरशाही तरिकाहरुलाई पूरापूर तहसनहस पार्न सकियोस् ।
हामीले यो कदापि भुल्नु हुन्न कि हाम्रो सामु हाम्रो देश नेपालमाथि आफ्नो हैकम लाद्न भारतीय विस्तारवादले बढो चतु¥याइँपूर्ण ढङ्गले यहिंकै क्रियाशील विभिन्न राजनैतिक पार्टीका शीर्षस्त नेता भन्नेहरुदेखि तल्लो तहका नेतृत्वपङ्तिहरुलाई र अरु कतिपय संघ संस्थाहरु तथा कतिपय भ्रष्ट कर्मचारीहरुलाई समेत आफ्नो दलालीमा जबरजस्त समावेस गराई हाम्रो देश नेपाललाई पूर्णरुपले नव–उपनिवेसतिर घिसार्दै लगिरहेको यो वर्तमानको राजनैतिक स्थिति हो । तसर्थ, नेपाललाई नव–उपनिवेशवादी चंगुलबाट जोगाउन नेपाली क्रान्तिको ठोस व्यावहारसित माक्र्सवाद–लेनिनवाद–माओवादको विश्वव्यापी सत्यलाई, नेपाली क्रान्तिको वास्तविक आन्दोलनसित गाँस्ने उद्देश्यले र यस सिद्धान्तबाट नेपाली क्रान्तिको निमित्त आवश्यक क्रान्तिकारी कार्यदिशा र कार्यनीतिक समस्याहरु हल गर्न, अडान, दृष्टिकोण र पद्धति हात लगाउने उद्देश्यले मालेमावादी सिद्धान्त र पद्धतिका आधारमा सर्वपक्षीय आर्थिक वित्तीय, राजनैतिक, सैनिक, सास्ंकृतिक र पार्टीका कार्यकलापहरुका स्थितिबारे सविस्तार अध्ययन गरी उचित र आवश्यक निष्कर्षकासाथ आम जनसमुहमाझ पूर्णरुपले घुलमेल भई राष्ट्रिय स्वाधीनताको रक्षा जनतन्त्र र जनजिविकाको समस्या निराकरण गर्दै राष्ट्रिय स्वाधीनतालाई सुदृढ पार्न अत्यावश्यक नयाँ जनवादी क्रान्ति, अर्थात् नेकपा–माओवादीको सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट सगौरब पारित “जनयुद्धको जगमा जनविद«ोह” गर्ने क्रान्तिकारी कार्यदिशालाई व्यवहारिक रुपले तयारीका साथ नेपाली मैदानमा उत्रनु र उर्तानु आज क्रान्तिकारी कम्युनिष्टहरुको यो अत्यन्तै गम्भीर राष्ट्रिय दायित्व हो ।