काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको उपाधीका लागि क्यामरुन र इजिप्ट भिड्ने भएका छन् ।
बिहीबारराति भएको खेलमा बलियो प्रतिद्वन्द्वी घानालाई २–० ले हराउँदै क्यामरुनले इजिप्टसँगको उपाधी भिडन्त पक्का गरेको हो ।
क्यामरुनलाई फाइनलमा पु¥याउनका लागि मिचेल गाद्जुई र क्रिश्चियन बासोगगले एक–एक गोल गरेका थिए ।
अब उसले उपाधीका लागि इजिप्टसँग खेल्नेछ । इजिप्ट पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ट्राइबेकरमा हराउँदै फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको हो । इजिप्टका गोलकिपरले बुर्किना फासोका दुई पेनाल्टी रोकेका थिए ।