यी महिलाका आफ्नै पतिले काटिदिए दुवै कान

यी महिलाका आफ्नै पतिले काटिदिए दुवै कान

एजेन्सी । अफगानिस्तानमा एक २३ वर्षीया युवतीका दुवै कान आफ्नै श्रीमान्ले काटिदिएका छन् ।

अफगानिस्तानको बाल्ख प्रान्तकी जरिना नाम गरेकी युवती पतिले कान काटिदिएपछि उपचारका लागि अस्पतान भर्ना भएकी छन् । घटनापछि जरिनाका श्रीमान् भागेको प्रहरीले जनाएको छ ।

जरिनाले भनिन्, ‘मेले कुनै पाप गरेकी छैन, तर मेरा श्रीमान्ले किन यसो गरे मलाई थाहा छैन ।’ उनले आफूसँग कुनै झगडा नै नभई अचानक आएर आक्रमण गरेको बताइन् ।

जरिनाले आफ्नो १३ वर्षको उमेरमा विवाह भएको र पतिसँग सम्बन्ध राम्रो नरहेको पनि उल्लेख गरेकी छन् । उनले अब आफूले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहेको पनि बताइन् ।

उनले आफूलाई बाबुआमासँग भेट्न समेत नदिने गरेको गुनासो गरेकी छन् । उनले पतिलाई पक्राउ गरेर मुद्धा चलाउन समेत माग गरेकी छन् ।