राष्ट्रपतिको सम्बोधनका क्रममा बेहोस भएका सांसदको निधन

राष्ट्रपतिको सम्बोधनका क्रममा बेहोस भएका सांसदको निधन

एजेन्सी । भारतीय संसदको संयुक्त अधिवेशन चलिरहेका बेला बेहोस भएका सांसद ई अहमदको निधन भएको छ ।

भारतका पूर्व विदेशराज्यमन्त्री समेत रहेका सांसद अहमदको दिल्लीस्थित राम मनोहर लोहिया अस्पतालमा बुधबार बिहान निधन भएको हो ।

मंगलबार संसदको संयुक्त बैठकलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले सम्बोधन गरिरहँदा सांसद अहमद आफ्नो सीटमा अचानक बेहोस भएका थिए ।

संसद परिसरमै प्राथमिक उपचारपछि उनलाई उपचारका लागि राम मनोहर लोहिया अस्पताल लगिएको थियो ।

ई अहमद इन्डियन मुस्लिम लिगका राष्ट्रिय अध्यक्ष समेत थिए । मनमोहन सिंह नेतृत्वको युपिए सरकारमा उनी विदेश राज्यमन्त्री थिए ।