
काठमाडौं । लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा पुगेको छ । शुक्रबार राति भएको चौथो चरणको रिप्ले खेलमा डर्बी काउन्टीसँग २–२ को बराबरी खेलेपनि लेस्टर सिटी अघिल्लो चरण पुगेको हो ।
गत साता भएको चौथो चरणको खेलमा पनि दुवै टोलीले बराबरी खेलेका थिए । तर डर्बी काउन्टीको उपहार गोलमा लेस्टर सिटी अघिल्लो चरण पुग्यो ।

लेस्टरका लागि वेस मोर्गनले गोल गरे भने डर्बीका डरेन बेन्टले आत्मघाती गोल गरेका थिए । लेस्टरलाई अघिल्लो चरण पु¥याउन ८ औं मिनेटमा बेन्टले गरेको आत्मघाती गोल निर्णायक बन्यो ।
बेन्टले २१ औं मिनेटमा डर्बीका लागि बराबरी गोल फर्काएका थिए । ४० औं मिनेटमा क्रागी ब्रायसनले गोल गर्दै २–१ को अग्रता दिलाए पनि खेलको ४ मिनेट बाँकी छँदा मोर्गानले लेस्टरका लागि गोल गरेपछि लेस्टरले अर्को चरणको यात्रा तय गरेको हो ।