तानसेन । समयमै अस्पताल लैजान नसक्दा पाल्पामा एक गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको सिलुवा ९ गुनडाँडाकी मनकला नेपाली रहेकी छन् ।
१९ वर्षिया मनकला नेपालीको सुत्केरी हुन नसकेर अस्पताल लैजादैं गर्दा बाटो मै मृत्यु भएको हो ।
सुत्केरी बेथा लागेर बिरामी भएकी नेपालीलाई केही समय महिला स्वास्थ्य स्वयंसेविकालाई देखाएपछि नजिकको सिलुवा स्वास्थ्यचौकी लगिएको थियो ।
स्वास्थ्य चौकीमा मृत बच्चा जन्माएकी नेपालीको लगातार रक्तश्रामपछि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।