शीर्ष स्थानमा चेल्सी अग्रता बढाउँदै, आर्सनल र साउथ ह्याम्पटन विजयी

शीर्ष स्थानमा चेल्सी अग्रता बढाउँदै, आर्सनल र साउथ ह्याम्पटन विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबारराति भएको खेलमा जित निकाल्दै चेल्सीले शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ ।

चेल्सीको जितमा डिएगो कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे । जितसँगै चेल्सीले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ ।

खेलमा काहिलसँग ठोक्किन पुग्दा हल सिटीका डिफेन्डर रायन मेसन घाइते भएका छन् ।

टाउकोको हड्डी भाँचिएका उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

आइतबाराति नै भएका अन्य खेलमा आर्सनल र साउथ ह्याम्टन पनि विजयी भएका छन् ।

प्रिमियर लिग अन्तर्गत आइतबाररातिको अर्को खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पराजित गरेको छ । आर्सनलको जितमा खोद्रान मुस्ताफी र अलेक्सिस सान्चेजले एक–एक गोल गरेका थिए भने बर्नलीका एण्डी ग्रेले एक गोल गरेका हुन् ।

प्रिमियर लिगकै अर्को खेलमा साउथह्याम्पटनले लेष्टर सिटीलाई ३–० ले हरायो ।
आइतबाररातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २२ खेलबाट ५५ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ भने ४७ अंकका साथ आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ४६ अंक छ ।