काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट पर्यटन व्यवसायीहरुको राष्ट्रिय भेला फागुन ७ गते हुने भएको छ ।
पर्यटन व्यवसायीहरुको एक भेलाले फागुन ७ गते राष्ट्रिय भेला काठमाडौंमा गर्ने निर्णय गरेको आयोजक समितिका संयोजक तोरण बहादुर गुरुङले जानकारी दिए ।
राष्ट्रिय भेला आयोजना गर्नका लागि गुरुङको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) का नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्मा ‘सागर’ को उपस्थितिमा बसेको बैठकले राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गर्दै मिति पनि तर गरेको हो ।