नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परिन्

नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परिन्

काठमाडौं । नायिका नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परी घाइते भएकी छन् । चलचित्र ‘पर्व’ को सुटिङबाट फर्किदै गर्दा उनी शनिबारराति सवारी दुर्घटनामा परेकी हुन् ।

टिभी फिल्मको भ्यानमा नम्रता र चलचित्रका सह–निर्देशक सुरेश न्यौपाने सवार थिए । दुवैजनाको अवस्थामा सामान्य रहेको जनाइएको छ ।

नायिका नम्रताको खुट्टा र हातमा चोट लागेको छ भने सुरेशको खुट्टामा चोट लागेको छ ।

टिभी फिल्मीको भ्यानले काठमाडौंको नयाँ बानेश्वर चोकमा बा.१. झ १७७५ नम्बरको ट्याक्सीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । नम्रता घाइते भएपछि आइतबारको छायांकन स्थगित भएको छ ।

चैत्र २५ गतेलाई प्रदर्शन मिति तय भइसकेको पर्वको यतिबेला छायांकन चलिरहेको छ । सुबास गिरी र निकिता पौडेलको निर्माणमा तयार भइरहेको यो चलचित्रमा कोशिश क्षेत्री, नम्रता श्रेष्ठ, माला लिम्बु, जेबिका कार्की मुख्य भूमिकामा देखिनेछन् ।