काठमाडौं । चेल्सी इंग्ल्यान्डको प्रतिष्ठित फुटबल प्रतियोगिता एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
आइतबारराति भएको खेलमा चेल्सीले तेस्रो श्रेणीको क्लब पिटरबोरो युनाईटेडलाई ४–१ ले पराजित गर्दै चौथो चरणमा पुगेको हो ।
चेल्सीको जितमा पेड्राले दुई गोल गरे भने मिची बात्सुई र विलियनले एक–एक गोल गरे ।
एफए कप अन्तर्गत आइतबारराति नै भएको अर्को खेलमा लिभरपुललाई प्लाईमाउथले गोलरहित बराबरीमा रोकेको छ । बराबरीसँगै लिभरपुलले अब प्लाईमाउथसँग अर्को चरण प्रवेशका लागि उसैको मैदानमा दोस्रो खेल खेल्नुपर्ने भएको छ ।
यसैगरी आइतबारातिका अन्य खेलमा फुलह्यामले कार्डिफ सिटीलाई २–१ ले हराउँदा टोटनह्याम हट्सपरले एस्टन भिल्लालाई २–० ले तथा मिडिल्सब्रोले सेफिल्ड वेनस्डेलाई ३–० ले हराएको छ ।