तेहरान । इरानका पूर्व राष्ट्रपति अली अकबर हासमी रफसञ्जानीको ८२ वर्षको उमरेमा निधन भएको छ ।
पूर्वराष्ट्रपति रफसन्जानीको हृदयाघातका कारण राजधानी तेहरानस्थित एक अस्पतालमा निधन भएको हो ।
सन् १९८० को दशकका इरानको राजनीतिमा महत्वपूर्ण नेताका रुपमा उनको उदय भएको थियो ।
उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भएका थिए ।
रफसन्जानी एक्सपिडिएन्सी काउन्सिलको अध्यक्षसमेत थिए । जसले संसद र संवैधानिक निकाय गार्डियन काउन्सिलबीच मतभेद देखिएमा त्यसलाई मिलाउने जिम्मेवारी पाएको थियो ।