रुपन्देही । राज्यले भूपूहरुलाई सम्मान गर्न नसकेको पूर्व गोर्खा सैनिकका भूपूहरुले गुनासो गरेका छन् ।
उनीहरुले मुलुकको विकासमा भूपूहरुको योगदान रहेको चर्चा गदैं राज्यसँग भूपूहरुले अधिकार खोज्नुपर्नेमा जोड दिएका छन् ।
क्वीइन गोर्खा सिग्नल्सको ६७ औं (राइजिङग डे) स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त गुनासो गरेका हुंन् ।
कार्यक्रममा बोल्दैं एक्स गोर्खा क्या.बिष्णुबहादुर थापामगरले पल्टन स्थापना भएको खुशियालीमा कार्यक्रम गरेको बताए । एक्स भूपू गोर्खा सुर्जेलाल गुरुङले अब राज्यसंग भूपूहरुले अधिकार खोज्नुपर्ने बेला आएको बताउए ।
कार्यक्रममा मुक्तबहादुर थापा, लोकबहादुर थापा, होमबहादुर गुरुङ, गजेन्द्र गुरुङ, तेजबहादुर के.सी., प्रेमसर पुन लगायतले बोलेका थिए । २८ सेक्टेम्बर सन १९४९ मा मलेसियाको राजधानी क्वालालम्पुरमा पल्टनको स्थापना भएको हो ।