बुटवल । संवैधानिक रुपमा पहिचानसहित अधिकार स्थापित गर्नका लागि सम्पूर्ण गुरुङ समुदाय एक हुनुपर्नेमा आदिवासी जनजाति अगुवाहरुले जोड दिएका छन् ।

एक भएर अघि बढे कसैले पनि हल्लाउन नसक्ने भन्दै उनीहरुले अधिकार प्राप्तीको लडाईमा सबै एक भएर लाग्नु पर्ने बताएका हुन् ।

गुल्मी गैदुङगे योज तमु भाई समाज, बुटवल–रुपन्देहीले ल्होसारको अवसरमा बुटवलको रामनगरमा राखेको माइती चेली भेटघाट कार्यक्रममा बोल्दै वक्ताहरुले आफ्नो धर्म, भाषा, संस्कृति जोगाउंनका लागि अब आदिवासी जनजातिहरु चुप लागेर बस्ने नहुंने धारणा पनि राखे । 

कार्यक्रममा आदिवासी जनजाति पत्रकार मञ्च, नेपालका अध्यक्ष टेकबहादुर मास्कीराना, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, रुपन्देहीका उपाध्यक्ष टेकबहादुर गुरुङ, समाजका सचिव राजु गुरुङ, सहसचिव सुवेदार भुपालसिंह गुरुङ, सदस्य केशव गुरुङ, कोषाध्यक्ष धनसिंह गुरुङ, सदस्य प्रेम गुरुङ लगायतले आफ्नो धाराणा राखेका थिए । 

‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए अस्तित्व (मान्छे) हराउँछ भन्ने उदेश्यका साथ समाजको स्थापना ०६४ सालमा भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर