ह्वाईट हाउसलाई पारिवारिक व्यवसाय नठान्न ट्रम्पलाई ओबामाको चेतावनी

ह्वाईट हाउसलाई पारिवारिक व्यवसाय नठान्न ट्रम्पलाई ओबामाको चेतावनी

एजेन्सी । अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई कुनै पारिवारिक व्यवसायको रुपमा चलाउने कोशिस नगर्न चेतावनी दिएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा उनले ट्रम्पलाई देशका संस्थालाई सम्मान गर्न आग्रह गरेका छन् । ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको सपथ लिदैछन् ।

चुनाव प्रचार गर्न र सरकार चलाउनमा अन्तर रहेकोे उनको भनाई थियो । अन्तक्र्रियाका क्रममा उनले भने, ‘संसारभरका राजधानी र वित्तीय बजारमा यस्ता व्यक्ति छन् जसले तपाईको कुरा गम्भीरतापूर्वक लिन्छन् ।’

ओबामाले अमेरिकी गुप्तचर एजेन्सीमाथि रुसी साइबर हमला र नोभेम्बरमा भएको अमरिकी राष्ट्रपति चुनाव प्रभावित पार्ने कोशिसको पर्दाफास भएको बताए ।