काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणको काम प्रभावकारी बन्न नसकिरहेका बेला सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।
ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले केही दिनअघि मात्रैस्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्पष्टीकरण समेत बुझाएका थिए ।
उनले स्पष्टिकरण दिएको भोलिपल्टै सरकारले बर्खास्त गरेको हो । उनी केपी ओली नेतृत्वको सरकारका समयमा प्राधिकरणको प्रमुखमा नियुक्त भएका थिए ।































