काठमाडौं । बिहानको समयमा हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, बिहानीको समयमा हरियो घाँसमा नांगो खुट्टाले हिड्नु धेरै फाइदाजनक हुन्छ । बिहानको समयमा नांगो खुट्टाले घाँस भएको चौरमा हिड्दा स्वास्थ्यका लागि हुने फाइदा यसप्रकार छन् ।

१. तपाई जति समय र जति धेरै हरियाली भएको स्थानमा बस्नुहुन्छ, स्वास्थ्यका लागि फाइदाजनक हुन्छ र तनाब पनि कम हुन्छ । घाँसमा नांगो खुट्टाले हिँड्नाले मांसपेशीको समस्या कम हुन्छ र तनावरहित बनाउँछ । साथै ग्रीन थेरापीबाट मस्तिष्कको शक्ति पनि बढ्छ ।

२. मधुमेह रोगीका लागि घाँस भएको स्थानमा बस्नु फाइदाजनक मानिन्छ । मधुमेह रोगी यदि हरियालीकाबीचमा रहेर नियमित गहिरो स्वास लिदै टहलिन्छ भने उसमा शरीरमा अक्सिजनको पूर्तिको समस्याबाट मुक्ति मिल्दछ ।

३. ग्रीन थेरापीको मुख्य हिस्सा हो–हरियो घाँसमा नांगो खुट्टाले हिड्नु र बस्नु । बिहान बिहान ओसिलो घाँसमा हिँड्नु राम्रो मानिन्छ । यसले खुट्टाको पैतालाका कोमल कोशिकासँग जोडिएका स्नायु तन्त्रिकाबाट मस्तिष्कसम्म राहत पुग्छ ।

४. बिहान बिहानमा घाँसमा हिँडेमा आँखाको ज्योति तेज हुन्छ । केही दिन नांगो खुट्टाले घाँसमा हिँडेमा तपाईले कम पावरको चस्मा प्रयोग गरेपनि हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार