काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्रसिंह धोनीले एकदिवसीय र टी–२० टिमको कप्तानबाट राजीनामा दिएका छन् ।
इङल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट हृंखलाको पूर्वसन्ध्यामा उनले कप्तानबाट राजीनामा दिएका हुन् ।
यद्यपि उनी विकेटकिपर ब्याट्सम्यानका रुपमा भने टिममा अझै रहनेछन् । यसअघि नै उनले टेष्ट कप्तानबाट राजीनामा दिएपछि सो जिम्मेवारी विराट कोहलीले निर्वाह गरिरहेका छन् ।
सन् २००७ मा भारतीय क्रिकेट टोलीको कप्तान बनेका ३५ वर्षीय धोनीको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधी जितेको थियो ।
धोनीले राजीनामा दिएपछि अब एक दिवसीय र टि–२० को कप्तानी समेत टेष्ट कप्तान विराट कोहलीले सम्हाल्ने सम्भावना छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का छनोटकर्ताहरुले जनवरी ६ मा हुने इङल्याण्डसँगको खेलका लागि टोली छनोट गर्ने छ ।