माओवादीको प्रभाव सहरमा विस्तार हुँदै, जग्गा कब्जा गरी सुकुम्बासीलाई वितरण

माओवादीको प्रभाव सहरमा विस्तार हुँदै, जग्गा कब्जा गरी सुकुम्बासीलाई वितरण

भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले आफ्नो प्रभाव सहरी क्षेत्रमा समेत विस्तार गर्दै लगेको छ ।

भारतको आन्ध्र, उडिसा र छत्तिसगड लगायका राज्यमा बलियो प्रभाव विस्तार गरेको भारतीय माओवादीले सय एकडभन्दा बढी जमिन कब्जा गरी आदिबासी किसानलाई बाँडेको छ ।

भारतीय माओवादीको प्रभावक्षेत्र मानिने पलक्कड जिल्लामा १ सय २० एकड जमिन कब्जा भएको हो ।

स्थानीय जनतालाई समेत सहभागी गराएर माओवादीले कब्जा गरेको जमिन आदिवासी किसानलाई बाँडेका हुन् ।

प्रहरीले माओवादी नेताहरुलाई गिरफ्तार गरेर आन्दोलनलाई कमजोर बनाएको बताइरहेका बेला भारतीय माओवादीले जमिन्दारको जग्गा कब्जा गरेका हुन् ।

भारतका पूर्वी राज्यहरुमा जनयुद्ध सञ्चालन गरिरहेको माओवादीले गाउँसहित सहरी क्षेत्र र अन्य विभिन्न राज्यमा समेत आफ्नो प्रभाव विस्तार गरेको छ ।