आर्सनल तेस्रो स्थानमा उक्लियो, टोटनह्याम पनि विजयी

आर्सनल तेस्रो स्थानमा उक्लियो, टोटनह्याम पनि विजयी

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा जित निकाल्दै आर्सनल तेस्रो स्थानमा उक्लिएको छ । 

आफ्नै मैदानमा भएको खेलमा आर्सनलले क्रिष्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । खेलमा आर्सनलको जितमा ओलिभर जिरोउड र अलेक्स ईओबीले एक एक गोल गरे । 

प्रिमियर लिग अन्तर्गत गएराती भएको अर्को खेलमा टोटनह्यामले वाट्फोर्डलाई ४–१ ले हराएको छ ।

खेलको पहिलो हाफमै टोटनह्यामले चार गोल गरेको हो । टोटनह्यामका लागि ह्यारी केन र डेले अलीले दुई दुई गोल गरे । दोस्रो हाफको ईन्जुरी समयमा वाट्फोर्डका योनुस काबुलले एक सान्तवना गोल फर्काएका हुन् ।

आइतबाररातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ४९ अंक जोडेको चेल्सी शीर्ष स्थानमा कायमै छ भने ४३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

चौथो स्थानको टोटनह्यामको ३९ अंक छ भने समान ३९ अंक जोडेको म्यान्चेस्टर सिटी पाँचौ स्थानमा झरेको छ ।