सुशासन र प्रशासनको मास बनोस संविधान
उत्पीडित वर्ग मुक्त पार्ने खास बनोस संविधान
युगौ युगदेखिका सामन्ती अवशेष जरालाई
मिल्काई समृद्ध राष्ट्र कोर्न अभिनास बनोस संविधान
बहुजाति, बहुभाषी हुँदै टुक्राउने कहाँ हो र ?
समान हक दिलाउने आभास बनोस संविधान
गरिब किसान मजदुरको हकहित रक्षा गर्ने
शिक्षा रोजगार दिलाउने गाँस बनोस संविधान
सर्वहारा वर्ग मुक्त हुने अधिकार दिलाई
शान्ति समृद्धि र विकासको आश बनोस संविधान !!