मोटोपनाले हैरानीमा हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ उपाय

मोटोपनाले हैरानीमा हुनुहुन्छ ? अपनाउनुहोस् यी ५ उपाय

काठमाडौं । व्यस्त जीवनशैली, अस्वस्थकर भोजन, शारीरिक निष्क्रियताका कारण मोटोपनकामे समस्या दिन प्रतिदिन बढिरहेको छ ।

मोटोपना यस्तो अवस्था हो, जसमा शरीरको चिल्लो पदार्थ आवश्यकता भन्दा बढी हुन्छ । यसले डाइभिटिज, स्ट्रोक्स, हृदयघात र क्यान्सरजस्ता स्वास्थ्य सम्बन्धि समस्या बढेर जान्छन् ।

विज्ञहरु आवश्यकता भन्दा बढी तौल बढ्नबाट रोक्नका लागि व्यस्त जीवनशैलीका बाबजुद विहान व्यायाम गर्न सल्लाह दिन्छन् ।

भीएलसीसीका संस्थापक तथा उपाध्यक्ष बन्दना लुथराले आवश्यकताभन्दा बढी शरीरको चिल्लो पदार्थ रोक्नका लागि केही राम्रा टिप्सहरु बताएकी छन् । 

–बिहान ब्रेकफास्ट गर्नुहोस, यो भोजनको एक महत्वपूर्ण भाग हो । 

–कम गुलियो र कम चिल्लो पदार्थ खाद्य पदार्थ खानुहोस । जोजनमा ताजा फलफूल, तरकारीलगायतका खानेकुरा सामेल गर्नुहोस् । 

–बिहान कम्तीमा पनि आधा घन्टा व्यायाम गर्नुहोस् । यसले डाइभिटिज, तनाब, उच्च रक्तचापको खतरा कम हुन्छ र शारीरिक तन्दुरुस्तता ल्याउँछ । 

–निद्रा पुग्ने गरी सुत्नुहोस । कम सुत्नाले पनि मोटोपन बढ्ने खतरा हुन्छ । 

–बढी मोटोपना भएमा नआत्तिनुहो, विशेषज्ञको सल्लाह लिनुहोस् ।