
काठमाडौं । ईश्वी सम्वत अर्थात अंग्रेजी नयाँ वर्ष २०१७ आजदेखि सुरु भएको छ ।
इस्वी संवत प्रचलनमा रहेका देशमा नयाँ वर्षलाई भव्य रुपमा स्वागत गरिएको छ भने नेपालमा पनि विभिन्न कार्यक्रम भएका छन् ।




पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भए भने आज पनि विभिन्न कार्यक्रम गरिदैछ । इस्वी संवत विक्रम संवत भन्दा करिब ५७ वर्ष कान्छो छ ।
पछिल्लो समयमा नेपालमा पनि अंग्रेजी नयाँ वर्षलाई नेपालमा पनि भव्य रुपमा स्वागत गरिन थालेको छ । नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा सडक महोत्सव गर्ने चलन छ ।
महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरुलाई आकर्षित गर्ने गरिन्छ । विशेष गरी काठमाडौंको दरबारमार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन् ।