काठमाडौं । चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित निकालेको छ ।
शनिवारराति भएको खेलमा चेल्सीले स्टोक सिटीलाई ४–२ ले हराउँदै क्लब कीर्तिमान अघि बढाएको हो । चेल्सीको लगातार १३ औं जितमा विलियनले २ गोल गरे भने डिएगो कोस्टा र ग्यारी काहिलले एक एक गोल गरे ।
यो जितसँगै चेल्सी १९ खेलबाट ४९ अंकसहित लिगको शीर्ष स्थानमा कायमै छ । यसैगरी दोस्रो स्थानमा रहेको लिभरपुलले तेस्रो स्थानको म्यान्चेस्टर सिटीलाई १–० ले हराउँदै महत्वपूर्ण ३ अंक जोड्यो ।
लिभरपुल ४३ अंकका साथ दोस्रो र म्यानचेस्टर सिटी ३९ अंकका साथमा तेस्रो स्थानमा छन् ।
शनिबार राति नै भएका अन्य खेलमा गतवर्षको विजेता लेस्टर सिटीले वेस्टह्याम युनाइटेडलाई १–० ले पराजित गर्दा म्यानचेस्टर युनाइटेडले मिडल्सब्रोलाई २–१, वेष्ट ब्रोमले साउथह्याम्पटनलाई २–१ र बर्नमाउथले स्वान्सी सिटीलाई ३–० ले पराजित गरेका छन् ।