काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा स्टोक सिटीलाई हराउँदै लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ ।
आफ्नै घलेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले स्टोकलाई ४–१ ले हराएको हो ।
खेलमा लिभरपुलको जितमा एडम लालाना, रोबर्टो फर्मिनो र ड्यानिएल स्टरेजले एक–एक गोल गरे भने स्टोकका ईम्बुलाले एक आत्माघाति गोल गरेपछि लिभरपुल ४–१ ले विजयी भएको हो ।
जितसँगै लिभरपुल १८ खेलबाट ४० अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ४६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा रहेको छ ।