आबेद्वारा पर्ल हार्बरमा मारिएका अमेरिकी सैनिकप्रति श्रद्धान्जली व्यक्त

आबेद्वारा पर्ल हार्बरमा मारिएका अमेरिकी सैनिकप्रति श्रद्धान्जली व्यक्त

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई राज्यस्थित अमेरिकी सैनिक क्याम्पको भ्रमण गरेका छन् ।

दोस्रो विश्वयुद्धका क्रममा ७५ वर्षअघि सन् १९४१ म जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका हुन् । 

त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै नदोर्हायाउने पक्षमा रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

जापानी प्रधानमन्त्री र अमेरिकी राष्ट्रपति बाराक ओबामा एक साथ पर्ल आर्बर पुगेका थिए । ओबामा र आबेले पर्ल हार्बरमा भएको जापानी आक्रमणका क्रममा ज्यान गुमाएका सैनिकप्रति श्रद्धान्जलि व्यक्त गर्दै त्यहाँका स्मारकको भ्रमण गरेका थिए । जापानले अमेरिकामाथि आक्रमण गरेपछि महाबिनाशकारी दोस्रो विश्वयुद्ध भएको थियो । 

सन् १९४१ मा भएको सो हमलापछि दुवै देशका राष्ट्र प्रमुखले एकै पटक पर्ल हार्बरको भ्रमण गरेको यो पहिलो पटक हो । ७ डिसेम्बर १९४१ मा जापानले पर्ल आर्बरमा आक्रमण गरेको थियो । 

दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले सन् १९४५ मा जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेपछि जापान आत्मसमर्पण गर्न बाध्य भएको थियो । अमेरिकाले परमाणु बम खसाल्दा डेढ लाख भन्दा बढी जापानीको मृत्यु भएको थियो । 

हिरोसिमामा गत अगस्टमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले भ्रमण गरेपछि जापानी प्रधानमन्त्री पनि पर्ल आर्बर गएका हुन् ।

दुवै देशका शीर्ष नेताले दोस्रो विश्वयुद्धका क्रममा ठूलो क्षति भएका हिरोसिमा र पर्ल आर्बरमा संयुक्त रुपमा भ्रमण गरेको यो पहिलो पटक हो ।