विमान अपहरणकारीले गरे आत्मसमर्पण, चालक दलका सदस्य सहित सबै रिहा

विमान अपहरणकारीले गरे आत्मसमर्पण, चालक दलका सदस्य सहित सबै रिहा

एजेन्सी । अपहरणमा परेको लिबियन विमानका अपहरणकारीले आत्मसमर्पण गरेका छन् । सबै यात्रुलाई रिहा गरेर उनीहरुले माल्टा प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् ।

विमानसँगै अपहरणमा परेका सबै ११८ जना यात्रु र चालक दलका सदस्य सकुशल रिहा भएका छन् ।

अफ्रिकिया एयरलाइन्सको विमान एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेपछि अपहरणको आशंका गरिएको थियो । सो विमान अपहरणकारीले माल्टामा लगेर अवतरण गराएका थिए ।

तर, अवतरण लगतै सुरक्षाफौजले विमानलाई घेरा हाले भने माल्टा सरकारले अपहरणकारीसँग वार्ता गरेपछि सबै यात्रुलाई क्रमशः रिहा गरेका थिए ।

सुरुमा महिला र बालबालिकासहित २५ जनालाई छाडेका उनीहरुले दोस्रो चरणमा ४० जनालाई छाडेका थिए । पछि सबै यात्रु र चालक दलका सदस्य रिहा भए ।

अपहरणकारीले लिबियाका पूर्व शासक गद्धाफीको जस्तो देखिने हरियो झण्डा देखाएका थिए । यद्यपि उनीहरुको मागका बारेमा केही खुलाइएको छैन ।