काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को भातृ संगठन अखिल (क्रान्तिकारी) को शंकरदेव क्याम्पसमा इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट २५ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरिएको क्रान्तिकारीले जानकारी दिएको छ ।

समितिको अध्यक्षमा पदम महतरा रहेका छन् भने उपाध्यक्षमा सुजन, सचिवमा निर्मल बोहोरा, सहसचिवमा पुरुषोत्तम रेग्मी र कोषाध्यक्षमा लग्मी न्यौपाने रहेका छन् । 

सदस्यहरुमा गोपाल झा, शिशिर, विमल निउरे, सरोज खनाल, अनिल राज कँडेल, अग्नी लामा, सन्देश शाहीलगायत रहेका छन् ।

समितिका निवर्तमान अध्यक्ष दिपेन्द्र गहतराजको अध्यक्षतामा भएको सम्मेलनमा क्रान्तिकारीका केन्द्रिय संयोजक सेवन्तराज भण्डारी उपाध्यक्ष राम नेपालीलगायतको सहभागिता थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर